देउवा ज्यू ! ११ महिना भयो, अझै केन्द्रीय समितिले पूर्णता पाएन नी ?

पदाधिकारी मनाेनयन नगरी कसरी जानुहुन्छ चुनावमा ?

नेपाली काँग्रेसको १३ औँ महाधिवेशन सकिएको ११ महिना सकिँदापनि केन्द्रीय समितिले पूर्णता पाएको छैन । पार्टी विद्यान अनुसार महाधिवेशन सम्पन्न भएको दुइमहिनाभित्रै सम्पूर्ण पदाधिकारी नियुक्त गरिसक्नुपर्ने व्यवस्था भएपनि कांग्रेसमा त्यस्तो देखिएन् । आफ्नै पार्टीको विधानको कार्यान्वयन भएन ।

विद्यान अुनसार ८५ केन्द्रीय समितिमा ६४ प्रत्यक्ष निर्वाचित र अन्य २१ जनालाई सभापतिले मनोनयन गर्ने व्यवस्था छ । महाधिवेशन सम्पन्न लगत्तै नयाँ कार्यसमितिको बैठकले ७ सदस्यलाई मनोनयन गरेको थियो जसमा सभापतिका प्रयासि रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित प्रत्यासी अर्जुननरसिंह केसी र गगन थापा अनि कोषाध्यक्षका पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी रहेका थिए भने नरहरी आचार्यलाई पनि मनोनयन गरेर ७१ जना पु¥याइएको थियो । विभिन्न किचलोका कारण सन्तुलन मिलाउन नसक्दा मनोनयन गर्नुपर्ने उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यसहित १४ जना पदाधिकारी मनोनयनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

मनोनयन गर्न बाँकी भएका पदाधिकारी केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको कारण समितिले पूर्णता पाउन सकेको छैन । उपसभापतिमा पार्टीभित्र छुट्टै समूहको नेतृत्व गरिरहेका नेता खुमबहादुर खड्का र विमलेन्द्र निधिको दाबीले गर्दापनि सन्तुलनमा कठिनाइ भएको नेताहरू बताउँछन् । सभापतिले प्रस्ताव गर्ने पदाधिकारीलाई निर्वाचित केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था छ । खुमबहादुर खड्कासँग ५, रामचन्द्र पौडेलसँग २८ र सभापति देउवासँग ३१ निर्वाचित केन्द्रीय सदस्यहरू रहेका छन् । यसकारण गणितिय हिसावमा तलमाथि पर्ने सम्भावनाका कारण समितिलाई पूर्णता दिने प्रस्ताव अघि नबढेको देखिन्छ । यहि विवाद लम्बिँदै जाँदा पार्टीभित्र असन्तुष्टि चुलिँदै गएको छ भने पछिल्ला गतिविधिमा समेत असर पर्दै गएको कार्यकर्ताको गुनासो छ ।
एकातिर तीन तहका निर्वाचनको तयारी र अर्कोतिर पार्टीको आन्तरिक बेमेलताले चुनावको मितिमा समेत असर परेको जानकारहरूले बताइरहेको बेला काँग्रेसभित्र सर्बप्रथम केन्द्रीय समितिको पूर्णतालाई जोड दिइरहेको बुझिन्छ । अधिकाँश नेताहरू स्थानीय निर्वाचन अघि नै यो समस्या समाधान गर्नुपर्नेमा अडिग् देखिएका छन् । उसैपनि अनेक लफडाबाजीले प्रहार गरिरहेको बेला सभापति शेरबहादुर देउवापनि केहिदिनभित्रै यो पूर्णता दिनेमा आक्रमक बनेको पार्टी स्रोतले बताएको छ ।

स्थानीय निर्वाचनलाई केन्द्रित गरेर काँग्रेसले ७५ वटै जिल्लामा गाउँ जागरण अभियान सञ्चालन गरेपनि चुस्त दुरुस्त बनाउन सकेको छैन । देशका सबै जिल्ला, निर्वाचन क्षेत्र, नगर र गाउँमा पार्टीको संगठनलाई जुन गतिमा दुरुस्त बनाउन मंसीरमै ७५ केन्द्रीय सदस्यलाई ७५ जिल्लामा खटाएपनि चुस्तता नआएको हो । पार्टीको निर्देशन अनुसार केन्द्रीय नेताहरू तोकिएको जिल्लामा गएर पार्टीको अवस्था, समन्वय, चुनावी रणनीति लगायतका विषयमा अन्यौलता देखिएको छ । तरपनि केन्द्रीय प्रतिनिधिहरूले जिल्ला, क्षेत्र, नगर र गाउँ, भातृ संगठनलाई चलायमान बनाउन भने छुट्टै रणनीति लिएको देखिन्छ ।

तराईको समस्या समाधान भएको छैन, संविधान संशोधनले पूर्णता पाएको छैन अर्कोतिर सरकार निर्वाचनको तयारीमा जुटिसकेको छ । फेरी विद्यार्थीहरूको कुम्भ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रिभूवन विश्वविद्यालय जुटेको छ । एमाले लगायत अन्य दलहरूको असन्तुष्टि कायमै छ । यी चार कारण पछिल्लो समयको समकालीन मुद्धा बनिरहँदा काँग्रेसको आन्तरिक पदाधिकारी चयन अझै लम्बिन सक्ने सहजै अनुमान गर्न सकिन्छ । फेरी विद्यार्थीमा लगाइएको राजनीतिक उमेरको शिकारमा काँग्रेस नपर्ला भन्न सक्ने अवस्थापनि आँकलनभन्दा बाहिर छैन ।

समस्याको चाङ बोकेको समयमा आफ्नै केन्द्रीय समितिले पूर्णता नपाउनु विडम्बना सावित भएको छ अहिले देउवालाई । प्रणालीगत् सुधारमा देउवासँग थोरै आशा गरिएपनि घरघरको गुट्गत् व्यवहारमा कमी आउन सकेको छैन । फलत देउवाको कार्यशैलीबाट आम कार्यकर्ताहरू निराश हुनु स्वभाविक देखिएको छ । दलहरूलाई चिढ्याउने भन्दापनि समिपमा लिँदै अगाडि बढ्नसकेमात्र समस्या नजिक हुने देखिन्छ । फेरी जतापनि भ्वाङपरेको पार्टीको सँरचनामा सुधार ल्याउनमा देउवामाथिको अपेक्षालाई उनले नै टेक्दै हिँडेका छन् । वुढानिलकण्ठ रंगीन बनाएका छन् तर संगठनमा विकृतिको पनि उत्तिकै बिजारोपण गरिदिएको भातृसंगठनको महाधिवेशनले पुष्टि गरिदिएको छ ।

काँग्रेसले दुरगामी निर्णयहरू नगरी झिनामसिना आन्तरिक किचलोमा समय बिताउनाले नेपालको सँविधान २०७२ जारीभएपनि कार्यान्वयनमा गतिलिन सकेको स्वीकार्नै पर्छ । स्वतन्त्रताको नाममा अनुशासनमा चुकेको छ । मूलुकको पुरानो पार्टी समय अनुसार हिँड्न खोजेपनि पुरानो ढंगमा अहिलेको नेतृत्वलेपनि सुधार्न सकेको छैन । फलतः आज देशमा स्थिर सरकार र स्वदेशी सफल योजनाहरू सफल बन्न सकेनन् । एकताका काँग्रेस भन्ने बित्तिकै तन्, मन र धनले स्वागतमा कमी नहुने हातहरू पछिल्लो अवस्थामा उचित व्यवस्थापनको अभावमा काँग्रेसीजनबाटै नेतृत्वको ठाडो बिरोधको शिकार हुँदै आएको छ । जसको समाधान यो नेतृत्वले थोरबहुत् कम गर्छ भन्ने सोचेका थिए आम कार्यकर्ताहरूले जुन महशुष हुन सकेको देखिँदैन । कम्तीमा अघिल्ला आफ्ना बाणीहरूलाई देउवा कार्यकालमा पुरा गराउन जुन क्षमता राख्न सक्नुपथ्र्यो त्यो देउवामा पनि देखिएन । अहिले नेता तथा कार्यकर्ताहरूनै भन्न थालेका छन् — देउवाजी यो एकवर्षसम्म सुत्या त छैनन् भनेर ।
अतः केन्द्रीय समितिलाई पूर्णता दिँदै संविधान कार्यान्वयनमा असन्तुष्टिलाई अन्त्य गरी निर्वाचनमा जानुपर्नेमा देउवाले ढिला गर्नु हुँदैन । एकजनाको लिँडे ढिप्पीमा सम्पूर्ण संगठनलाई अग्रगामी कामहरू गर्नबाट वञ्चित गर्नुहुँदैन भन्नेमा देउवाले एकइन्च ढिला गर्नुहुँदैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: