धाइजन क्लबले जित्यो झापा कप टी-ट्वान्टीको उपाधि 

विशन क्षेत्री
झापा, माघ १४ । कङ्गारू एनसी एसएस झापा कपको उपाधि धाइजन क्लवले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा धाईजनले दमक क्रिकेट क्लवलाई नौ विकेटले हराएर उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको दमकले १९ दशमलव ३ ओभरमा १० विकेटको क्षतिमा ५७ रनमात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा धाईजनका अशोक सुब्बाले चार ओभरमा १९ रन खर्चिएर तीन विकेट लिए । विक्रम कार्की र दिपेश कमातीले समान दुई/दुई विकेट तथा नाम्लिग एक्तेनले एक विकेट लिएका थिए । दमकका दुई जना व्याट्स्यान रन आउट भए ।

दमकका तर्फबाट भने याडम राईले १६ र रोशना थापाले १३ रन बनाउनुबाहेक बाँकीले दोहोरो योगफल तयार पार्न सकेनन् ।
जवाफी ब्याटिङ्गका क्रममा मैदान उत्रिएको धाईजनले भने सात दशमलव तीन ओभरमा एक विकेटको क्षतिमा ६० रन जोड्न सक्यो । प्रतियोगितामा धाईनका अंकित सुवेदीले २४ रन बनाएर आउट भए । उनलाई दमकका असिम काफ्लेले आउट गरेका थिए । त्यस्तै सुवेदीसँगै ओपनिङ्गमा आएका नित्र्य खडौरियाले २८ रन बनाएका थिए । अशोक सुब्बाले पाँच रन जोडेका थिए ।

प्रतियोगितामा विजयी भएसँगै धाईजनले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता दमकले १५ हजार नगदसहित ट्रफी र मेडल हात पारेका छन् ।
त्यस्तै प्रतियोगिता अवधिभर १० विकेट लिएका अशोक सुब्बाले वेष्ट बलर तथा म्यान अफ दि सिसिज र म्यान अफ द फाईन बन्दै आठ हजार नगद, ८० रनसहित बेस्टब्याटस्मेन र mयकत सिक्सर नृत्य खडौरियाले पाँ हजार नगद प्राप्त गरेका छन् ।

प्रतियोगितामा कन्काई नगरपालिकाका प्रमुख मेघराज बास्तोलाले विजयीलाई पुरस्कार वितरण गरेका थिए । नेपाली क्रिकेट समर्थक समाज समन्वय समिति (NCSS) ले राम्रो सुरुवात गरेको भन्दै आगामी दिनमा पनि साथ र सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका थिए । झापा जिल्ला समन्वय समिति झापाका संयोजक विश्वराज गौतमले यस प्रतियोगिताले युवा स्तरमा क्रिकेटलाई चलायमान बनाएको बताए । माघ छ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: