यी महिलालाई देख्ने बित्तिकै पछाडि दौडिन्छन् सर्प, टोकिसके ५ पटक

बैतडी, सर्पका बारेमा अनेकन् किंवदन्ती सुनिन्छन् । तर नेपालको सीमावर्ती जिल्ला बैतडीसँग जोडिएको भारतको पौडीमा बस्ने एकजना महिलाको जीवनमा भने सर्पले निकै समस्या निम्त्याएको छ ।

अचम्म के छ भने यी महिलालाई देख्ने बित्तिकै सर्प पछि पर्ने गर्छन् । गाउँमा सर्प रिसाएकी महिला भनेर चिनिन्छन् संगीता नाम गरेकी यी महिला ।

आजसम्म संगीतालाई ५ पटक सर्पले टोकिसकेका छन् । समयमा नै उपचार पाएको कारण उनको जीवन त जोगियो तर त्रासले भने छोडेको छैन ।

संगीतालाई सर्पले किन यसो गर्छन् त भन्ने जवाफमा गाउँलेहरुले भने एउटा घटना सुनाउँछन् । एकदिन उनको परिवारले गोठमा पसेको सर्पलाई मारेपछि सर्पहरुले पछ्याउन छोडेपछि उनीहरु बताउँछन् ।
गाउँलेहरुले सर्पको त्रासबाट छुटकारा पाउन गाउँमा नै शिव मन्दिर समेत बनाएका छन् ।

तर सर्पहरुले भने संगीतालाई पछ्याउन छोडेका छैनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: