निर्वाचन आयोगमा तीन आयुक्तको नाम सिफारिस

काठमाडौं, माघ १४ । निर्वाचन आयोगमा रिक्त तीन आयुक्तको नाम सिफारिस भएको छ । शुक्रबार संवैधानिक परिषदको बैठकले इश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार शाहलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको हो ।

पौडेल र दाहाल पूर्व सचिव हुन भने शाह पूर्व सहसचिव हुन् । अयोधीप्रसाद यादवले प्रमुख निर्वाचन आयुक्त र इला शर्माले आयुक्तको रुपमा काम गर्दै आएका छन् ।

सिफारिसमा परेकाहरुको नियुक्ती पछि निर्वाचन आयोगले पूर्णता पाउने छ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाई पछि मात्र नियुक्ती हुने गरिने छ । सरकारले चुनाव मिति घोषणा गर्ने तयारी गरेपछि रिक्त पदमा नियुक्ति गरिन लागेको हो ।

कमेन्ट गर्नुहोस्