जाडोमा सेक्सः यस्ता छन् चरम आनन्दका तरिकाहरु

मौसममा अचानक फेरबदल आएको छ । बुढाबुढीले आगो ताप्ने जोरजाम गर्दैछन् । कतिपय युवाहरुले मदिरा खाने कुरा गर्छन् । केहीले भने यौनान्दको कुरा गर्ने गर्दछन् ।
जाडोमा सेक्स आमरुपमा सबैले खोज्ने विषय हो । घरभित्रै बसेर बाहिर परिरहेको झमझम परिरहेको पानी हेर्दै आफ्नो जोडीसँग बस्न कामना या कल्पना गर्ने समेत धेरै हुन्छन् ।
तर जाडोमा सेक्सका केही तरिका छन जसले तपाईको यौन क्षणलाई चरमतामा पुर्याउन मद्दत गर्छ ।

के गर्ने त ?
१। सेक्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको कम्ती गारो काम होइन । त्यसैले कपडा खोलेर यौनसम्बन्ध राख्न वातावरण तयार गर्नुपर्छ । पार्टनरले पनि यो मान्ने र कोठामा पनि तातोका व्यवस्था गर्नुपर्छ ।

२। यदि तपाई वाइन पिउन मन पराउनुहुन्छ भने बेडमा योन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्न समेत यौन एक्सपर्टहरुले सल्लाह दिएका छन् । रेड वाइन कामोत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ । तर सीमामा रहेर मात्रै  ।

३। दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस । बरु यसलाइृ प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र सेक्सका लागि तयार हुन सक्नुहुने छ ।

४। यौन जीवन सुखद् बनाउन बिछ्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौन कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ ।

यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: