कर्णालीमा भारी हिमपात, सडक अवरुद्ध, जनजीवन प्रभावित

जुम्ला, माघ १४ । बिहीबार रातिदेखि बदली भएको मौसम र शुक्रबार परेको हल्का वर्षाले कर्णालीको अधिकांश क्षेत्रमा हिमपात भएको छ ।
कर्णालीका जुम्ला, डोल्पा, हुम्ला र कालिकोटसहित मुगुमा पनि हिमपात भइरहेको छ ।

हिमपातसँगै त्यहाँको जनजीवन प्रभावित भएको त्यहाँबाट हाम्रान सहकर्मीले जनाएका छन् । कर्णालीका पाँचै जिल्लाका उच्च स्थानमा हिमपात भएको बताएका छन् ।

मौसम बदली र हिमपातका कारण शुक्रबार बिहानैबाट कर्णालीका सबै जिल्लाहरुमा दैनिक हुने उडान रद्ध भएको छ । मुगु सदरमुकाम जोड्ने नाग्मा गमगढी सडकखण्ड अवरुद्ध भएको छ ।
जुम्लाका पातारासी, डिल्लीचौर, गोठिचौर, छुमचौर ताम्ती गाविसका माथिल्ला क्षेत्रहरु, मुगुका रारा, मुर्माटप ताल्चा, झ्यारी टोप्ला, रोवा, सोवा लगायतका क्षेत्रसहित करान भेगका पाँचै गाविसहरुमा र कालिकोटका माथिल्ला क्षेत्रहरु मानिने धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे, पाङ्खा गाविस र सदरमुकाम मान्म लगायतका ठाउँसहित डोल्पामा पनि हिमपात भइरहेको सहकर्मीले बताए ।

शुक्रबार बिहानैबाट हिमपात भएपछि चिसो अत्याधिक बढेर जनजीवन प्रभावित भएको हो । हिमपात र मौसम बदलीसँगै बढेको चिसोका कारण स्थानीय बासिन्दाहरुले दैनिक काम गर्न सकेका छैनन् ।

स्थानीय पत्रकारको सहयोगमा

कमेन्ट गर्नुहोस्