‘अयोग्य’ पूर्व माओवादी लडाकुका लागि विशेष कार्यक्रम

पोखरा, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले माअोवादी लडाकुका लागि विशेष कार्यक्रम ल्याउने भएको छ ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले अयोग्य ठहरिएर बेरोजगार भएका माओवादी लडाकुका लागि कार्यक्रम ल्याउन लागेको बताउँदै उक्त कुराको खुलासा गरेका हुन् ।
अखण्ड नेपाल पार्टी कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अहिले त्यस्ता अयोग्य लडाकुको सङ्ख्या झन्डै दुई हजार २०० रहेको र उनीहरुका मागलाई सम्बोधन गर्न सकिएन भने फेरि हतियार उठाउन सक्ने भएकाले उनीहरुलाई रोजगारी दिने खालका कार्यक्रम ल्याउन पहल गर्ने जानकारी दिए ।
अल्पमत र बहुमतको खेललाई अन्त्य गरी सत्तापक्ष र प्रतिपक्ष एक भएर असन्तुष्ट पक्षले उठाएका मागलाई सम्बोधन गरी संविधान कार्यान्वयनका लागि सबै तहको निर्वाचनमा जानुपर्नेमा उनको जोड थियो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष चतुराखर अधिकारीले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक शक्तिसँग एक भएर पार्टी अघि बढ्ने धारणा राखे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: