चंद्रागिरि केबल कारमा शहीद परिवारलाई विशेष छूट

काठमाडौं, १५ माघ । चन्द्रागिरि हिल्सद्वारा प्रवर्द्धित चन्द्रागिरि केबलकारले सहिद दिवसका अवसरमा माघ १६ र १७ मा सहिद परिवारको परिचयप्राप्त सदस्यलाई ५० प्रतिशत छुटमा टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ ।
आजको नयाँ पत्रिकामा खबर छ– सहिदको त्याग, तपस्या र बलिदानको कदर स्वरुप सहिद परिवारका सदस्यलाई यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
छुट व्यवस्थाअनुसार ७ सय पर्ने केबलकार टिकट ३ सय ५० मा प्राप्त गर्न सकिनेछ । टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिउको सहिद परिवार सदस्य परिचयपत्र अनिवार्य रुपमा साथमै हुनुपर्ने कम्पनीले बताएको छ ।
सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित काउन्टरबाट मात्र लिनुपर्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: