बझाङको काप्डेमा जीप दुर्घटना, एकको मृत्यु

बझाङ, माघ १५ – बझाङको काप्डेमा शनिबार बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सदरमुकाम चैनपुरबाट तल्कोटका लागि छुटेको से १ ज ५६२ नम्बरको जीप जयपृथ्वी नगरपालिका–६ काप्डेको पुल नजिकै दुर्घटना हुँदा रिलु–८ का ४५ का लालबहादुर बोहराको घटना स्थलमा नै ज्यान गएकोे जिल्ला प्रहरी कार्यलयले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।

जीपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: