मानिस र सुँगुरको वीर्यबाट नयाँ प्रजाति बनाईने, भ्रूण बनाउन सफल

मानिस र सुँगुरको शुक्राणुको समिश्रबाट भ्रुण बनाउन वैज्ञानिकहरू सफल भएका छन् ।

मानिसको ० दशमलव ००१ प्रतिशत भन्दा कम र बाँकी सुँगुरको शुक्राणु प्रयोग गरी वैज्ञानिकले भ्रुण बनाएर अध्ययन सुरु गरेका हुन् । मानिस र जनावरको शुक्राणुको समायोजनबाट बेग्लै प्रजाति बनाउन सकिने परम्परागत मान्यताको परीक्षणका लागि अनुसन्धान सुरु गरेको वैज्ञानिकले बताएका छन् ।  यो प्रक्रिया निकै चुनौतिपूर्ण रहेको द जर्नल सेलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

मानिसको स्टीम सेललाई सुँगुरको भ्रुणमा प्रयोग गरिएको छ । यसलाई २८ हप्तासम्म विकास हुन दिइएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । भ्रुणमा रहेको मानिसको स्टीम सेलले काम गर्न थालेको उनीहरुले बताएका छन् । ठूलो जनावरभित्र मानव सेल विकास भएको यो पहिलो घटना रहेको वैज्ञानिकको भनाई छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: