आहा रारा गोल्डकपको फ़ाइनल आज, विजेताले २ लाख ५१ हजार पाउने

पोखरा, माघ १५ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औँ संस्करणको फ़ाइनल खेल आज हूँदैछ ।

उपाधिका लागि आज लक्ष्मी हुन्डाई मनाङ र्मस्याङ्दी र आयोजक सहारा क्लब बीच दिउँसो साढे २ बजे पछि पोखरा रङ्गशालामा खेल सुरु हुनेछ ।

डिफेन्डिङ्ग च्याम्पियन मनाङ र सहाराबीच यसअघि १२ औँ संस्करणको फाईनलमा भेट भएको थियो । सो स्पर्धामा १ शुन्यले आयोजक सहारालाई पाखा लगाएको मनाङ पाँचौ उपाधिको खोजीमा हुनेछ । यद्यपी, घरेलु मैदानमा उपाधि खोसेको बदला स्वरुप साहारा डिफेन्डीङ्ग च्याम्पियनको ताज खोस्न चाहन्छ । मनाङले यसअघि दोश्रो, तेश्रो , १० औँ र १४ औँ संस्करणको उपाधि जितेको छ । विभागिय टोली आर्मीलाई हराएर साहारा फाईनल पुगेको हो भने मनाङले संकटालाई पाखा लगाएर उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद र उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: