सभापति देउवाले भने–‘चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउँछ’

नेपालगन्ज, माघ १५ । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले सबै दलको सहमतिमा स्थानीय तहको निर्वाचन मिति घोषणा गरिने बताएका छन् ।

नेपाल प्रेस युनियन, बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलले निर्वाचनलाई साँझा सर्तका रुपमा ग्रहण गर्नुपर्छ ।’

याे पनि पढ्नुस  देउवा जालमा प्रहरी, वरियता मिचिएपछि प्रहरीको गिर्यो मनोबल

सरकारले निर्वाचनको सबै आधार छिटो तय गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘दलहरुबीच सहमति बन्यो भने छोटो समयभित्र पनि निर्वाचन हुनसक्छ ।’

सभापति देउवाले संविधान संशोधन प्रस्ताव निर्वाचन अघि पारित हुने दाबी गरे । तर, यदि त्यसो नभएमा प्रक्रियामा लगेर संशोधन प्रस्ताव पारति गरेर भएपनि निर्वाचन गराउने बताए ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीले बोलाए प्रमुख तीनदलका शीर्ष नेताको बैठक, के होला निर्णय ?

उनले पार्टी अहिले एक ढिक्का भएर सङ्गठन विस्तारमा लागिरहेको बताए । स्थानीय निकायको निर्वाचनमा आफ्नो दलले विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उनले यसका लागि पार्टीपङ्क्ति अहिले सङ्गठन विस्तारका लागि सक्रिय रहेको बताए ।

कमेन्ट गर्नुहोस्