निर्मात्री बनिन् अभिनेत्री पूजा

माघ १५ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ फागुनबाट फ्लोरमा जाने भएको छ । अभिनेता पल शाहको व्यस्तता अनि सांगितिक पक्षलाइ अब्बल बनाउन निर्माण टिमको लबिङले फिल्म फ्लोरमा जान केहि ढिलाइ भएको हो ।

बिहिबारमात्र ‘जोनी जेन्टलमेन’ फिल्मको इण्ड क्ल्यापमा भेटिएका अभिनेता पलले अबको प्रोजेक्ट ‘म यस्तो गीत गाउँछु’ रहेको बताए । उता निर्देशक सुदर्शन थापा भने यतिबेला फिल्ममा समावेश हुने गीत संगीतलाइ छनोट गर्ने क्रममा व्यस्त छन् ।

‘फिल्ममा तीन गीतमात्र समावेश हुने हो रेकर्ड हुँदै जाँदा सातवटा गीत पुग्योु, सुदर्शनले भने, ‘सबै गीत उत्कृष्ट छन्, उत्कृष्ट मध्येबाट पनि उत्कृष्टता खोज्दा केहि दिन समय गयो ।

फिल्ममा समावेश हुने सबै गीतमा संगीत अर्जुन पोखरेलको रहनेछ । ‘काम सुरु गर्न ढिलाइ भएकोमा केहि पछुतो त छ, थापाले थपे– ‘हतारमा भन्दा धैर्यताका साथ सुरु हुने कामले नै अन्त्यमा सफलता पाउँछ, यो कुरामा विस्वस्त छु, फ्लोरमा जान ढिलाइ देखिनुको पछिको राज पनि यहि हो ।’

त्यसो त लभ स्टोरी फिल्ममा अब्बल ठहरिइसकेका निर्देशक थापा जहिले पनि आफ्ना फिल्ममा समावेश हुने गीत संगीतलाइ उत्कृष्ट बनाउन माहिर छन् ।

यसैबीच ‘म यस्तो गीत गाउँछु’ मा पल शाहसँग जोडी बाँध्दै गरेकी अभिनेत्री पूजा शर्माले यो फिल्मबाट निर्मात्रीको ट्याग समेत पाउने भएकी छिन् ।

फिल्मको बजेट हाइ हुँदै गर्दा त्यसको एक हिस्सा पूजा बन्दै गरेको भन्दै निर्देशक थापाले पूजालाइ यो प्रोजेक्टको ‘वन अफ दि प्रोड्यूसर’ बोले ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: