युएईमा गठन भयो फोनिज शाखा

दुबई, माघ १५ । नेपाली जनजाती पत्रकार महासंघ युएई च्यापटर (फोनिज) तदर्थ समिती गठन भएको छ ।
आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष पासाङ शेर्पाको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो । उक्त समितिको उपसंयोजकमा तिलक साम्पाङ राई, सचिवमा धनेन्द्र मास्की राना, कोषाध्यक्षमा सोनिया इङ्नाम तथा सदस्यहरुमा नुरु शेर्पा, हर्कमणी राई र इन्द्र गुरुङ रहेका छन ।

आदिवासी जनजातिहरुको मुद्दा र समाचारहरुलाई मुलधारका भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरु पाखा लगाई अपुरो सन्देशहरु मात्र प्रवाह भैरहेको हुनाले जनजातीका मुद्दाहरुलाई प्रभाबकारी ढंगले उठान गर्नको लागि फोनिज गठन गर्नु परेको नबगठित तदर्थ समितीका संयोजक शेर्पाले बताए ।

नवगठित तदर्थ समितिले सचिव धनेन्द्र मास्की रानाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिती समेत बनाएको छ । जसको सदस्यहरुमा नेफिन युएईका भुतपुर्व अध्यक्ष पि एस निङ्लेकु र नेफिन युएईका द्वितीय उपाध्यक्ष सुरेन्द्र थिङ रहेका छन ।

बिधान मस्यौदा समेतले २ हप्ता भित्र तदर्थ समितिमा बिधानको मस्यौदा पेश गर्नेछ र उक्त बिधान पारित भएको २ महिना पछि तदर्थ समितिले सदस्यता विस्तार गरि पहिलो अधिवेशन गराउने भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: