कसले कहाँ लग्यो टेलिकमको २० लाखका रिचार्ज कार्ड ?

काठमाडौँ, माघ १५ । नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ । तर उक्त कार्ड कसले कसरी हराए भन्ने बारेमा टेलिकमले केही बताएको छैन ।

टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो ।

यि सिरियल नम्बरका रिचार्ज कार्ड खरिद विक्री नगर्न टेलिकमले आह्वान गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने भएकाले टेलिकमले सचेत रहन भनेको छ ।

यि रिचार्ज कार्ड बजारमा आए भनेपनि प्रयोग गर्न नसकिने टेलिकमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: