एकाध दलले निर्वाचन नमान्दैमा सरकार पछि हट्नु हुँदैन : उपाध्यक्ष ज्ञवाली

नेपालगन्ज, माघ १५ । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले सरकारले छिटो स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

सबै दलसँग सहमति गरेर निर्वाचन गर्नुपर्नेमा जोड दिँदै उपाध्यक्ष ज्ञवालीले एकाध दलले निर्वाचन मान्दैनन् भने पनि सरकार त्यसबाट पछि हटनु नहुने बताएका छन् ।

प्रेस चौतारी, बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, — ‘संविधान कार्यान्वयनका लागि विशेषगरी प्रमुख दलबीच एकता, समन्वय र सहकार्य हुनु जरुरी छ ।’

दलहरुबीच सहमती गरेर भएपनि निर्वाचन गराउनुपर्नेमा जो दिँदै उनले भने, ‘संविधान संशोधन प्रक्रियालाई रोकेर भए पनि स्थानीय निकायको निर्वाचन गर्न सक्नुपर्छ ।’ संविधान कार्यान्वयन सबैको साझा सवाल बन्नुपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: