सबै रास्ट्रवादी एक हुन विप्लवको आव्ह्वान

काठमाडौं, १५ माघ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले यो मुलुक नेपालीको भएको दलाल र गद्दारको नभएको बताएका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघर, जमलमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै विप्लवले अबको क्रान्तिमा सबै राष्ट्रवादी एक हुनुपर्ने बताए ।
‘अबको क्रान्तिमा सबै एक हुनुपर्दछ । आवश्यक प¥यो भने सेना–प्रहरीहरूले पनि आ–आफ्नो बर्दी खोलेर हामीलाई साथ दिनुपर्दछ’, उनले भने, ‘यो देश हाम्रो होे, दलाल र गद्दारको होइन ।’
जनयुद्धमा मात्रै १५० भन्दा बढी संस्कृतिकर्मीहरूको सहादत भएको स्मरण गर्दै विप्लवले आफ्नो पार्टीले देश र जनताका निमित्त एवम् परिवर्तनका पक्षमा प्रतिवद्ध रहेको भन्दै सबै संस्कृितकर्मीहरूको संरक्षण गर्ने प्रतिवद्धता जनाए ।
रायन श्रेष्ठ, जेबी टुहुरे, माधव प्रधान, लक्ष्मी गुरुङ, कुश्मिता दर्लामी, आरोह नेपाली, ढुण्डी अधिकारी, रमण थामी, रमेश विकलगायतका कलाकारहरूले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार शरद पौडेलद्वारा लिखित नाटक ‘अनुत्तरित प्रश्न’ को प्रदर्शन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्