नेता मोहनबिक्रमलाई भेट्न प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

काठमाडौं, माघ १६ । वयोवृद्ध वामपन्थी नेता तथा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ग्राण्डी अस्पताल पुगेका छन् ।

ज्वरो आउने र पेटसम्बन्धी समस्या देखिएपछि नेता सिंह तीन दिनदेखि ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्री प्रचण्डले चिकित्सकहरुसँग सिंहको स्वास्थ्य अवस्थाका बारेमा छलफल गर्नुका साथै सिंहसँग कुराकानी गरेका थिए ।

नेपालको राजनीतिमा माओवादी धारका गुरु भनेर चिनिने ८२ वर्षीय बृद्ध नेता मोहनबिक्रमसँग प्रचण्डको सैद्धान्तिक विमती रहँदै आएपनि भावनात्मक सम्बन्ध भने निकट रहेको छ ।

सिंहको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको चिकित्सकहरुले भेटका अवसरमा बताएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: