ट्रम्पको कार्यकारी आदेश अदालतद्वारा खारेज, शरणार्थीहरु अमेरिकामैं बस्ने

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि अदालतले रोक लगाएको छ ।

सिरियालगायत ७ मुस्लिम बहुल देशका नागरिकलाई हिरासतमा लिइएको घटनामा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

ट्रम्पले आफ्नो कार्यकारी आदेशमा सात मुस्लिम देशका शरणार्थी र नागरिकमाथि अस्थायी प्रतिबन्ध लगाइएको थियो ।

द अमेरिकन सिभिल लिबर्टिज यूनियन (एसीएलयू)ले यो आदेश विरुद्ध शनिबार याचिका दर्ता गरेको थियो । एसीएलयूका अनुसार, ट्रम्पको आदेशका कारण हिरासतमा लिइएका मानिसहरुलाई फिर्ता पठाउन मिल्दैन । समूहका अनुसार, ट्रम्पको आदेशपछि सय दुई सयजनालाई बिभिन्न एयरपोर्टबाट हिरासतमा लिइएको छ ।

ट्रम्पको आदेशविरुद्ध अमेरिकाका कैयन् विमानस्थलमा प्रदर्शन भएका छन् ।

अदालतमा अप्रवासी अधिकार परियोजनाका सह कानुनी निर्देशक गेन्लेर्टले मानवाधिकारवादी समूहरुको पक्षमा बहस गरेका थिए ।

यो अन्तरिम आदेशको अर्को सुनुवाई फेबु्रअरीको अन्तिममा हुने जनाइएको छ ।

न्यूयोर्कको संघीय अदालतले उक्त अन्तरिक आदेश जारी गरेको हो । ट्रम्पको आदेशले अमेरिकाको संविधानको उल्लंघन गरेको आदेशमा उल्लेख छ ।

ब्रुकलिन संघीय जिला अदालतकी न्यायाधिक एन एम डोनेलीले वैध तरिकाले भिसा प्राप्त गरेर अमेरिका प्रवेश गरेका कुनै पनि व्यक्तिलाई कुनै पनि तरिका र कारण देखाएर निकाल्न नमिल्ने बताइन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: