चुनाव मिति घोषणा गर्न प्रधानमन्त्रीले भेटे प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चुनावको मिति घोषणा गर्न निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग भेट गरेका छन् ।
आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आयोगको तयारीबारे जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्रीसँग प्रमुख आयुक्त यादवले निर्वाचन अायोगले देशैभरबाट तयारी तीव्र पारेको जानकारी गराएका थिए ।  उनले सरकारले निर्वाचनसँग सम्बन्धित विधेयक संसदबाट पारित गर्ने वितिक्कै आयोगले चुनावको सबै तयारी गर्ने बताएका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीको निर्देशनः ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण हुनुपर्यो

चुनावकै तयारीका लागि अाफूले जिल्ला भ्रमण गरेको अायुक्त यादवले प्रधानमन्त्रीलाई जानकारी गराए । जिल्ला भ्रमणबाट चुनाव गराउन सक्ने अवस्था देखिएपनि संसदमा रोकिएका विधेयक पारित नभएसम्म अप्ठेरो बनेको बताए ।

उनले निर्वाचनका लागि मतदाता नामावली, मतदाता परिचय पत्र वितरण, मतपत्र, मतदानस्थल, मतदान, मतपेटिका, मसलन्द र मानव संसाधन आवश्यक रहेकाले यसको गृहकार्यमा आयोग जुटेको जानकारी दिँदै भने – ‘सरकारले निर्वाचनको बाटो बनाए हामी अहोरात्र खटेर काम गर्न तयार छौँ ।’

याे पनि पढ्नुस  आचार संहिता उल्लंघन गरे कुनै दललाई पनि नछोड्नु : निर्वाचन आयोग

प्रधानमन्त्री प्रचण्डले सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरेको जानकारी दिदैँ आयोगले सरकारको स्प्रीडलाई ख्याल गरेर काम गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले भने–‘आयोगलाई केही समस्या परेको छ भने भन्नुहोला, तीन दलबीचमा बैशाखको अन्तिमभित्रैमा स्थानीय तहको चुनाव गर्ने सहमति भइसकेको छ कुनै हालतमा पनि चुनावको तयारी रोकिनु हुँदैन ।’

जवाफमा प्रमुख आयुक्त यादवले सरकारको स्प्रीड अनुसार आयोगले काम गर्ने बताए । ‘खासमा चुनावको तयारी गर्न हामीलाई तीन महिनाको समय चाहिने हो, तर हामी सरकारको स्प्रीड अनुसार काम गर्न तयार छौं भरखरै रिक्त आयुक्तमा नाम सिफारिस भएको छ, सरकारले चुनावसँग सम्बन्धित कानुनहरुको संशोधन गरे काम गर्न सहज हुन्छ’ आयुक्त यादवले प्रधानमन्त्रीसँग भने ।

याे पनि पढ्नुस  ६३ वर्ष पुगे प्रधानमन्त्री प्रचण्ड, भन्छन्– जनताका लागि खाएका कसम अझै बाँकी छन् (फोटो फिचर)

चुनावकै तयारीलाई लिएर प्रधानमन्त्री प्रचण्डले निर्वाचन अायोगका प्रमुख अायुक्त यादवलाई एक हप्ता अघि पनि भेटेका थिए ।

कमेन्ट गर्नुहोस्