हलिउडबाट फर्किदा ब्ल्याक लुकमा दीपिका

माघ १६ । बलिउड क्षेत्रका चर्चित अभिनेत्री दीपिका पादुकोण हलिउड फिल्म एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केजको प्रमोशनमा व्यस्त रहेकी छिन् ।

उनी लोकप्रिय अमेरिकी टक शो एलेन इजेनेरेस शो तथा थे लेट लेट शो विथ जेम्स कार्डनमा पनि देखिइन् । फिल्मको प्रमोशन सकेपछि दीपिका भारत फर्केकी छिन् ।

स्वदेश फर्किदा उनी ब्ल्याक लुकमा एयरपोर्टबाट निस्केकी थिइन् । उनले ब्ल्याक सिल्क जम्पसुट लगाएकी थिइन् भने पहिरनसाग मिल्ने गरे कालो चश्मा पनि लगाएकी थिइन् । उनको अनुहारमा खुशी छचल्किएको थियो ।

एयरपोर्टमा उनले मिडियासाग कुरा पनि गरिन् । दीपिका अब बलिउड फिल्म पद्मावतीमा देखिदैं छिन् । यस फिल्ममा दीपिकासँगै शाहिद कपुर र रणवीर सिंहले पनि अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: