सहिद स्मारक पुगेर प्रधानमन्त्रीले दिए शहीदहरूलाई श्रद्धाञ्जली

काठमाडौँ, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लैनचौरमा रहेको सहिद स्मारकमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद सप्ताहको अन्तिम दिन आइतबार प्रधानमन्त्रीले शहीदको शालिकमा फूलमाला अर्पण गरेका हुन् ।

सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै शहीदको सम्झना गरे।

सोही अवसरमा नेपाली सेनाले शहीदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो ।

काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो ।

विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: