किशोरीलाई पटक पटक करणी गर्ने पक्राउ

गाईघाट, माघ १६ । वाह्र वर्षीय वालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुरमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतले स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई बाटो छेकेर जङ्गलमा लगी जबरजस्ती करणी गर्ने गरेको खुलेको छ ।

प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरी हो । विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते बेलुकी राउतले बालिकालाई पाखातिर लाँदै गरेको र बालिका चिच्याएको एक स्थानीयवासीले सुनेपछि उक्त घट्नाको तथ्य बाहिर आएको हो ।

बालिका डरले कामिरहेको र उक्त घट्नाबारे कसैलाई बताए राउतले पटक/पटक ज्यान मार्ने धम्की दिदैं आएका कारण आफूले बाहिर अरुलाई भन्न नसकेको भएपनि विद्यालयकी शिक्षिका सीता तामाङलाई उक्त घटनाका सम्बन्धमा बालिकाले बताएकी प्रहरी चौकी सुकौराका प्रमुख राजकुमार खड्का बताए ।

वालिकाको अभिभावक र विद्यालयकी शिक्षिकाको जाहेरीमा प्रहरीले राउतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरीक्षक नरबहादुर केसीले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: