३१ जनासहित पर्यटक चढेको डुंगा सम्पर्कविहीन

माघ १६ । पर्यटकसहित ३१ जना चढेको डुंगा मलेसियामा सम्पर्कविहीन भएको छ ।

मलेसियाको प्रसिद्ध पर्यटकीय क्षेत्र पुलाउ मेङ्गुलमका लागि कोटा किनाबालुबाट छुटेको उक्त डुंगा सम्पर्कविहीन भएको हो ।

खराब मौसमका कारण खोज तथा उद्धारमा समस्या भएको उद्धारकर्मीले बताएका छन् ।

डुंगामा २० जनाभन्दा धेरै चिनियाँ पर्यटक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: