यस्तो छ कक्षा ११ र १२ को वार्षिक परीक्षा समय तालिका

काठमाडौं, माघ १६ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक उक्त गरेको उक्त समय तालिका अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ।

याे पनि पढ्नुस  नगरप्रमुख श्रेष्ठमाथि आक्रमण

२०७४ सालको वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने सूचनामा जनाइएको छ। उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन पाउनेछन्।

कमेन्ट गर्नुहोस्