दलहरुबीचको सहजकर्ता हो नयाँ शक्ति : नेता देवकोटा

बेनी, माघ १६। नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले आफ्नो पार्टीले संविधान कार्यान्वयनमा सहजकर्ताको भूमिका खेल्ने बताएका छन् ।

म्याग्दीको बेनी पत्रकारसँग कुरा गर्दै उनले सरकारले संविधान संशोधन, चुनाव घोषणा र दलहरुबीच आपसी विश्वास जित्न पनि नसकिरहेको अहिलेको अवस्थामा नयाँ शक्ति पार्टीले सबै राजनीतिक दलबीच सहमतिका लागि सहजकर्ताको भूमिका खेल्ने बताए ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म मुलुकले सहज निकास पाउन नसक्ने बताउँदै उनले भने, – “राजनीतिक व्यवस्थाका विरुद्ध सबैसँग लड्ने समय सकिएको छ, अब अवस्थाका विरुद्ध लड्नुपर्ने समय आएको छ ।”

प्रवक्ता देवकोटाले विगत लामो समयपछि प्राप्त संविधानको कार्यान्वयन हुनुपर्नेमा जोड दिदैं नयाँ शक्तिको चाहना संविधान कार्यान्वयन होस् भन्ने रहेको स्पष्ट पारे ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: