एमालेले मधेसीलाई अर्कै देशको देख्ने गर्छ : निधी

पर्वत, माघ १६ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेले मधेसीलाई अर्के देशको देख्ने गरेको आरोप लगाएका छन् ।

आइतबार पर्वतमा सहिद स्मारक आवासीय माध्यामिक विद्यालयको रजतजयन्तीको उद्घाटन कार्यक्रममा बोल्दै उनले एमालेले संघीयता नचाहेकाले अनावश्यक भ्रम फैलाउने काम गरेको आरोप लगाए ।

एमालेले अघि सारेका संविधान संशोधनका चार बुँदा कांग्रेस–माओवादी गठबन्धन सरकारले अघि सार्दा भने राष्ट्रघाती भनेको भन्दै एमालेले संविधान संशोधन नचाहेको बताएका छन् ।

एमालेले पहाड र मधेशको नाममा झुटो प्रचार गरेर फरक भूगोलका जनतालाई भड्काउने रणनिति बनाएको पनि उनले बताएका छन् । निर्वाचनसम्बन्धी सबै कानुन अन्तिम चरणमा पुगेको भन्दै उनले अब जुनसुकै बेला स्थानीय तहको निर्वाचन मिति घोषणा उल्लेख गरे ।

गृहमन्त्री निधिले एमालेले मधेसलाई अर्को देशको देख्ने गरेको र हिमाल–पहाडसँगको दूरी बढाउने काम गरेको आक्षेप पनि लगाए ।

संविधान कार्यान्वयनका लागि चुनाव गर्नुपर्ने भन्दै उनले एमालेले संविधान संशोधनमा सघाउनुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: