चुनाव मिति घोषणा गर्न नसकेकोमा नारायणकाजीले मागे माफी

काठमाडौं, माघ १६ । माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भनेको समयमा चुनावको मिति घोषणा गर्न नसकेको भन्दै माफी मागेका छन् । आइतबार अपरान्ह समाजिक सञ्जालबाट आफूले दलहरूको सहमतिमै माघ १५ भित्र स्थानीय तहको चुनाव हुन्छ भनेर घोषणा गरेपनि नसकेकोमा माफी मागेको बताएका छन् ।

उनले लेखेका छन्-‘मैले केही दिन अघि नेपालगञ्जको पत्रकार सम्मेलनमा माघ १५ भित्र स्थानीय निर्वाचनको मिती घोषणा हुन्छ भनेको थिएँ, त्यस पछि काठमाडौंमा बसेको ३ पार्टीको बैठकले पनि सोही निष्कर्ष निकालेको थियो र प्रधानमन्त्रीले समेत सार्वजनिक रुपमा सोही कुरा भन्नुभएको थियो। त्यसका बाबजूद उक्त मितिमा निर्वाचन घोषणा हुन सकेन, त्यस निम्ती म जनसमुदायसँग क्षमा याचना गर्दछु।’

श्रेष्ठले चुनावको मिति घोषण हुन्छ भन्नुको कारण राष्ट्रिय आवश्यकता र दलहरूबीचमा रहेको समझदारी भएपनि मिति नतोकिनु दुखद रहेको उल्लेख गरेका छन् ।

‘निर्वाचनको घोषणा गर्नै पर्ने राष्ट्रिय आवश्यकता र सल्लाह एवं समझदारी को आधारमा गरेको थिएँ,’ उनले लेखेका छन् ।
नेता श्रेष्ठले यथाशिघ्र चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । चुनाव नगरी देशका लागि सकारात्मक विकल्प नरहेको उनले बताएका छन् ।

उनले लेखेका छन् –‘म फेरी पनि पूर्ण गम्भिरताका साथ भन्छु, यथाशीघ्र निर्वाचन घोषणा गरिनु पर्छ, देशको सामु अर्को कुनै सकारात्मक विकल्प छैन ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: