अन्तर्देशीय अपराधको ट्रान्जिट नेपालः नेपाल प्रहरी

काठमाडौं, माघ १७ । नेपाललाई अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अपराधको ट्रान्जिट बनाउन लागेको प्रहरीको एक अध्ययनले देखाएको छ। गत वर्ष नै तयार भएको एक अध्ययन प्रतिवेदनले अन्तरदेशीय अपराधीहरूले नेपालको भूभाग प्रयोग गरेर छिमेकी तथा युरोपियन मुलुकमा सुन तथा लागूऔषध तस्करी गरिरहेको जनाएको छ।

याे पनि पढ्नुस  पाँच टिपर काठ नियन्त्रणमा

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले गत वर्ष तयार गरेको प्रतिवेदनमा लागूऔषध, जाली भारतीय रूपैयाँ र मानव तस्करी तथा सुनका लागि अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएको उल्लेख छ। यद्यपि, यसलाई अहिलेसम्म गोप्य राखिएको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाह तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल अपराध अनुसन्धान विभागमा रहँदा सो प्रतिवेदन तयार गरी मातहतका निकायलाई जानकारी गराइएको थियो। सो प्रतिवेदनमा अन्तरदेशीय सम्पर्कका अपहरण, लागूऔषध, जाली नोट तस्करी, हातहतियार र मानव तस्करीका घटना बढेको उल्लेख छ। त्यसको अनुसन्धानसमेत जटिल बन्दै गएको विभागले उल्लेख गरेको छ।

याे पनि पढ्नुस  इस्तानबुल रात्रिक्लब आक्रमणका आठ जना आरोपित पक्राउ

यो खबर आजको राजधानी दैनिकमा छ ।

 

कमेन्ट गर्नुहोस्