चुनाव मिति घोषणा गर्ने प्रधानमन्त्रीको तयारी, मधेसी मोर्चासँग बालुवाटारमा बैठक

काठमाडौँ, माघ १७ । निर्वाचनको मिति र संविधान संशोधनबारे सहमति जुटाउन सरकार र मधेसी मोर्चाका शीर्ष नेताबीच बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आब्हान गरेको बैठकमा सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र मोर्चाका शीर्ष नेता सहभागी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संविधान संशोधन विद्येयक, स्थानीय तहको निर्वाचन, स्थानीय तह पूनर्संरचना आयोगले पेश गरेको प्रतिवदेन लगायतका समसामयिक विषयमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु उपस्थित रहेका छन्।

मोर्चासँगको बैठक अघि माओवादी केन्द्रको बैठक पनि बालुवाटारमा बसेको थियो । सरकारको कामकारवाही र समसामयिक विषयमा छफल गर्न माओवादी केन्द्रको शीर्ष नेताहरुको वैठक बसेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: