बन्ने भयो निखिलको ‘पिँजडा ब्याक अगेन’

काठमाडाै‌, माघ १७ । नेपाली चलचित्रका चर्चित एक्सन स्टार निखिल उप्रेतीले हालैमात्र रजतटमा डेब्यु गरेको फिल्म ‘पिँजडा’ को नाम सापटी लिएर नयाँ फिल्म ‘पिँजडा ब्याक अगेन’को घोषणा गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच हिमाल केसीको निर्देशनमा बन्ने गरी फिल्मको घोषणा गरिएको हो । एक्सन स्टार निखिल उप्रेतीले एक दशक पहिले पिँजडा फिल्म अभिनयमा डेब्यु गरेका थिए ।

उक्त चलचित्रबाटै निखिल उपे्रतीको एक्सन स्टन्टको सुरुवात भएको मानिन्छ । जुन चलचित्रमा निखिलले सात तलाबाट हाम फालेर नेपाली दर्शकसामु चर्चित भएका थिए ।

निर्देशक केसीका अनुसार ‘पिँजडा ब्याक अगेन’ पनि पुर्णतः एक्सन प्रधान हुने छ ।

यस चलचित्रमा सारा सिर्पाली, सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराइ, आरके मानन्धर, भास्कर ओली, अनुराग शाह, विवेक सिंह, गोकुल, चन्द्र अधिकारी, तारा रञ्जित थापा, कुसाग्र भट्टराइ, आशा गौतम, किरण उप्रेती, राजबाबु श्रेष्ठ र ज्याक श्रेष्ठ लगायतको अभिनय रहने छ ।

यस चलचित्रलाई सुशान्त श्रेष्ठले निर्माण गर्नेछन् । २०७४ को दशैंमा यो चलचित्र रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: