राजेन्द्र श्रेष्ठ भन्छन्-‘एमाले अध्यक्ष ओली विखण्डनवादी’ !

काठमाडौं माघ १७ । सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विखण्डकारी भएको आरोप लगाएका छन् । सोमबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै श्रेष्ठले एमालेले देशलाई विखण्डन गर्न खाजेको, र त्यसको मुख्य पात्र केपी ओली भएको गम्भीर ओरोप लगाए ।

एमालेमा संगठन बलियो रहेको भ्रमका कारण देशका समस्या देख्न छोडेको उनले बताए ।

अहिलेको राज्य पुनर्संरचनामा विवादको चुरो विषय सङ्घीयतालाई संरचनाको रूपमा मात्र हेर्ने कि सिद्धान्त वा वादको रूपमा हेर्ने भन्ने रहेको कुरा पनि उनले स्पष्ट पारे ।

अहिलेको संविधान संशोधनमा हलो अड्काएर एमालेले संविधान कार्यान्वयन हुन नदिनुको गम्भीर कारणबारे जनाताले जान्न पाउनुपर्ने बताए ।
आफू प्रधानमन्त्री भएको बेलामा अध्यक्ष ओलीले किन सात प्रदेशमा सहमति गर्नुभयो ?, त्यो बेलामा सरकारमा उहाँहरू नै हुनुहुन्थ्यो,’ उनले प्रश्न गरे ।
श्रेष्ठले संविधान संशोधनमार्फद् उत्पीडित समुदायको अधिकार प्राप्त गराउनुपर्ने बताए ।

हामीले विदेशीलाई रिझाउन होइन, नेपालका उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि संविधान संशोधन हुनुपर्ने माग गरेको कुरा पनि उनले बताए । उनले संविधान संशोधन नभए कुनै हालतमा स्थानीय चुनाव गर्न नदिने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: