बस पल्टँदा १० घाइते

चितवन, माघ १७ । पश्चिम चितवनको विजयनगरबाट नारायणगढतर्फ आउँदै गरेको यात्रुबाहक बस आज बिहान भरतपुरको शिवघाटमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार ना५ख ११२१ नंको बस भरतपुर उपमहानगरपालिका–५ शिवघाटमा ब्रेकफेल भई दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा २८ जना सवार रहेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: