सार्वजनिक लेखा समितिको सभापतिमा उपाध्याय विजयी

काठमाडौं, माघ १७ । संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्याय विजयी भएका छन् । माओवादी केन्द्रका सांसद उपाध्यायलाई कांग्रेस लगायत साना दलको समर्थन रहेको थियो ।

झण्डै ७ महिनाअघिदेखि रिक्त रहेको सभापतिका लागि आज भएको मतदानमा एमाले उम्मेद्वार पशुपति चौलागाईँलाई १७ मतले पछि पार्दै उपाध्याय सभापतिमा निर्वाचित भएका हुन् ।
५१ सदस्यीय समितिमा आज ३९ जनाको उपस्थिति रहेको थियो । उपाध्यायले २३ मत ल्याएका थिए । एमालेका सांसद पशुपति चाैलागाँईले १६ मत ल्याए ।

लेखा समिति सभापति जनार्दन शर्मा गत साउनमा ऊर्जा मन्त्री नियुक्त भएसँगै सो पद रिक्त थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: