एकपटक सुते ६ महिनापछि मात्रै उठ्छिन यी युवती

काठमाडौं, रामायणको कुम्भकर्ण पात्रका बारेमा त सुन्नु भएको होला, एकपटक सुते ६ महिनापछि मात्रै जाग्ने गर्थे रे उनी ।

एक्काइशौं शताब्दीमा पनि यस्ता मान्छे छन् भन्दा पत्याउन गारो पर्छ । तर एकजना यस्तै महिलाका बारेमा अहिले मिडियामा चर्चा चलेको छ ।

बेलायत निासी यी महिलालाई मानिसहरु स्लिपिङ ब्यूटी भनेर पनि बोलाउँछन । बेलायतको स्टकपोर्ट बस्ने १६ वर्षीय बेथ गुडियर एकपटक सुते ६ महिनासम्म उठदिनन् । २२ घण्टा पुरै सुतेपछि २ घण्टाका लागि उठेर स्वास्थ्य राम्रो बनाउन केही खाने गरेको उनकी आमा बताउँछिन् ।

बेथलाई एकपट ब्रेन ट्युमर भएपछि अस्पताल भर्ना भएकी थिइन । तर त्यहाँ गरिएका सबै जाँचमा उनीमा कुनै समस्या भने देखिएन । कुरा गर्दा निकै थाक्ने भएकोले उनलाई ह्विल चेयरको आवश्यकता पर्ने आमाले बताइन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: