निर्वाचनसम्बन्धी एक विधेयक पारित, सरकारलाई चुनाव मिति घोषणा गर्न सहज

काठमाडौं, माघ १७ । व्यबस्थापिका संसदबाट निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक पारित भएको छ । सोमबार बसेको संसद बैठकले यो विधेयक पारित गरेको हो ।
यो सँगै चुनावका लागि ३ वटा विधेयक संसदबाट पारित भएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पेश गर्नु भएको विधेयक संसदले पारित गरेको हो । अब चुनाव सम्बन्धी दुई वटा विधेयक संसदबाट पारित हुन बाँकी छ ।
ती दुई विधेयक समितिमा नै छलफलमा अड्किएका छन् । व्यवस्थापिका संसदको सोमबार एक बजेका लागि बोलाइएको बैठकमा विधेयक पेश गर्न मन्त्री निधि उपस्थित नभएपछि उहाँलाई बैठक रोकेर नै संसदमा बोलाइएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: