मलेशियामा रिया र इकुको अश्लील नाचप्रति बिप्लव माओवादीको आपत्ति

काठमाडौँ- नेपाली कलाकार रिया श्रेष्ठ र सुलेमान शंकर ( इकु) ले मलेशियामा गरेको अश्लिल नाचप्रति बिप्लव माओवादीले आपत्ति जनाएको छ ।

बिप्लव माओवादी निकट अखिल नेपाल जन सांस्कृतिक महासंघको अन्तराष्ट्रिय विभागले ‘नेपालीको मौलिक सुन्दर संस्कृतीमा नै आच आउने गरेर नाच प्रस्तुत गरिएको’ बताएको छ । ‘अखिल नेपाल जन सांस्कृतिक महासंघ अन्तराष्ट्रिय विभागको गम्भीर आपत्ति रहेको छ ‘विभागका विवश कुमार सेजुवालले बताए ।

मलेशियाको पेनाङ्ग राज्यमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा रिया श्रेष्ठ र इकुले नाङ्गो डान्स प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा रिया श्रेष्ठले आफूले लगाएको कपडा नाच्दा नाच्दै खोलेर दर्शक सामु फालेकी थिइन् ।

‘कला संस्कृतिलाई अन्तराष्ट्रिय गर्नुपर्छ तर त्यो अश्लिल तरिकाले होइन, सेजुवाल भन्छन्, विदेशमा आएर नेपालीको पहिचान चिनाउनुको सट्टा यस्तो कुसंस्कार को छाप छोडेर जाने कलाकारलाई कुनै पनि हालतमा कार्बाही गरिनु पर्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: