लीक भए ट्रम्पका कार्यकारी आदेश, भारतीय कामदार संकटमा पर्न सक्ने

नयाँ दिल्ली, माघ १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपका घोषणा हुन बाँकि कार्यकारी आदेस लीक भएको समाचार सार्वजनिक भएपछि ठूलो चर्चा सुरु भएको छ ।

एच1बी भिसामाथी ट्रम्पले कड़ाई गर्ने अनुमान चलिरहेको बेला यस सम्बन्धी जारी गर्न खोजीएका कार्यकारी आदेश सार्वजनिक भएका हुन ।

ट्रम्पले यो श्रेणीको भीसामाथि नियंत्रण गरिनु पर्ने घोषणा यसअघि नै चुनावको बेला बताईसकेका छन ।

यसबाट अमेरिकामा रहेका हज़ारौ व्यवसायी प्रभावित हुनेछन । भारतका अधिकांश आइ टी कम्पनीहरूले h1B भिसामार्फ़त आफ्ना कर्मचारी अमेरिका पठाऊने गरेका छन ।

समाचार वेबसाइट vox.com का अनुसार  ट्रंप का चार ड्राफ्ट अर्डर लीक भएका हुन । लीक ड्रॉफ्ट ऑर्डरमा ट्रंपले भविष्यमा यो भिसाबारे महत्वपूर्ण निर्णय गर्न सक्छन ।

ट्रम्पले क़ानूनी आप्रावासन कम गर्न आदेश दिन सक्छन । यसो भएमा यो भिसा प्राप्त गर्न या प्राप्त गरेकाहरूका परिवार अमेरिका जान समस्या हुन सकछ ।

यो आदेशमा पढ़ाईका लागि अमेरिका आउने बिध्यार्थीमाथि समेत कड़ाई गरिने उल्लेख भएको समाचारमा छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: