प्रहरी र तस्करबीच गोली हानाहान, ३ तस्कर घाइते

 

इनरुवा, १७ माघ । इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक आज प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा तीन जना तस्कर घाइते भएका छन् ।

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा मोरङ टङ्की सिनवारी–७ नेचाका सचन पासवान, टङ्की सिनवारी–४ कै श्रवण सरदार र इटहरी १३ का करिस्मा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पासवानको घुँडा, सरदारको तिघ्रा र चौधरीको खुट्टामा गोली लागेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  सुनकुमारीका श्रीमानले सफाइ पाए, बहिनीलाई १० वर्ष कैद

भारतीय बजारबाट अवैध रुपमा लागुऔषध लिएर आइरहेको प्राप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएका प्रहरीले तस्कारलाई पक्राउ गर्न खोज्दा दुबै पक्षबीच गोली हानाहान भएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार, सादा पोसाकमा रहेका प्रहरीमाथि आपराधिक समूहले गोली प्रहार गरेपछि जवाफमा प्रहरीले ११ राउन्ड गोली प्रहार गरेको थियो । घटनास्थलबाट प्रहरीले ‘मेड इन युएस’ लेखिएका स्वचालित पेस्तोल तीन थान, घरेलु नलकटुवा पेस्तोल एक थान, चक्कु एक थान (ठूलो), डाइजोल्याप, लुपिजेसिक, फेनारगन गरी कुल २२४ थान, कोरेक्स तीन बोतल र को २२ प ६३६३ नंको एउटा मोटरसाइकल बरामद गरेका छन् ।

याे पनि पढ्नुस  डाक्टरको लाइसेन्सिङ परीक्षामा नक्कली परीक्षार्थी फेला परे १० वर्षसम्म जेल

घाइते तीनै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । रासस

कमेन्ट गर्नुहोस्