एमालेलाई अस्थायी शिक्षकको ध्यानाकर्षण

काठमाडौँ, माघ १८ । अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति, २०५५ ले सोमबार नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आफूहरुलाई प्रक्रिया पूरा गरी स्थायी गराउन ध्यानाकर्षण गराएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलाई भेटी समितिका अध्यक्ष नारायणप्रसाद दाहालले मागपत्र बुझाउनुभएको थियो । समितिले स्थायी हुँदा अस्थायीको सेवावधि गणना गर्न, अवकाशप्राप्त अस्थायी शिक्षकलाई स्थायीसरहको औषधोपचार र उपदान दिन तथा स्वेच्छिक अवकाश लिन चाहनेलाई स्थायीसरहको सुविधान दिन पनि माग गर्दै आएको छ ।

समितिका केन्द्रीय सदस्य लक्ष्मीकुमार सत्यालले अन्य दललाई पनि सो मागपत्र बुझाइने जानकारी दिनुभयो । हाल मुलुकमा करिब २५ हजार अस्थायी सरकारी शिक्षक छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: