अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी भएको राष्ट्रसङ्घको ठहर

जेनेभा (स्वीट्जरल्यान्ड), माघ १८ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभएको छ ।

ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिनुभएको छ ।

याे पनि पढ्नुस  अमेरिकी राष्ट्रपति ट्रम्प टावरमा आगलागी, एक जनाको मृत्यु

राष्ट्रियताका आधारमा मात्रै कसैमाथि भ्रमण गर्न नपाउनेगरी प्रतिबन्ध लगाइनु मानवअधिकार कानुनको उल्लङ्घन हो भन्दै जैयदले ट्रम्पको निर्णय उक्त कानुनको बर्खिलाप भएको दाबी गर्नुभएको छ ।

जैयदले सन्देशमा ट्रम्पबाट आएको उक्त निर्णयले वास्तविक रुपमा आतङ्कवादविरुद्धको अभियानलाई प्रभावित पार्ने बताउनुभएको छ ।

याे पनि पढ्नुस  संयुक्त राष्ट्रले जारी गऱ्यो 'दीपावली' विषयक हुलाक टिकट श्रृंखला, नेपालको भने नामै छैन !

यसैबीच अमेरिकी राष्ट्रपतिद्वारा इस्लामिक राष्ट्रहरु इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने निर्णयको इराकी संसदमा व्यापक विरोध भएको छ ।

इराकी संसदले ट्रम्पद्वारा इस्लामिक राष्ट्रमाथि लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरुप अमेरिकी नागरिकलाई पनि इराक प्रवेशमा रोक लगाउने पक्षमा मतदान गरेको छ । रासस

कमेन्ट गर्नुहोस्