सहमतिको अन्तिम प्रयास: प्रधानमन्त्रीले छलफलका लागि बोलाए एमालेलाई

काठमाडौं,माघ १८ । व्यवस्थापिका संसदमा दर्ता भएको संबिधान संशोधन र निर्वाचनका विषयमा सहमति खोज्न प्रधानमन्त्रि प्रचण्डले एमालेलाई छलफलका लागि बोलाएका छन् ।

पटकपटक सहमतिका लागि प्रयास गरे पनि एमालेले आफ़नो अडान नछोडेपछि अन्तिम प्रयास गर्न एमालेसँग आज छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मधेसी मोर्चाले संबिधान संशोधन नगरि निर्वाचनमा जान नहुने अडान लिएको छ । एमालेले भने संशोधन फिर्ता लिएर निर्वाचनको मिति घोषणा गर्नुपर्ने अडान लिएको छ ।

आजको छलफलमा मोर्चाको माग र एमालेको अडानका बारेमा सहमति ख़ोज़्ने गरि छलफल हुने र एमाले नमानेको खण्डमा निर्वाचनको घोषणा र संशोधन विधेयक एकै साथ अघि बढाऊने सरकारको तयारी रहको बताइएको छ ।

कमेन्ट गर्नुहोस्