आफ्नो कामको विरोध गरेको भन्दै ट्रम्पद्वारा महान्यायाधिवक्ता बर्खास्त

एजेन्सी, माघ १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने अन्तरिम महान्यायाधीवक्तालाई बर्खास्त गरेका छन् । अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ता साली यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धी राष्ट्रपति ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिएकी थिइन ।

अन्तरिम महान्यायाधिवक्ता साली यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताएकी थिइन । त्यसलगतै राष्ट्रपति ट्रम्पले उनलाई बर्खास्त गरेका हुन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा यट्सले न्याय विभागलाई धोका दिएकाले उनलाई बर्खास्त गरिएको उल्लेख गरिएको छ । उहाँको ठाउँमा भिर्जिनिया राज्यको पूर्वी जिल्लाका न्यायाधीवक्ता डेना बोएन्टेलाई नियुक्त गरिएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गएको शुक्रबार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक लगाउने तथा अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रपति ट्रम्पको निर्देशन कानुनसम्वत रहेकोमा आफू सहमत हुन नसकेको यट्सले वक्तव्यमा उल्लेख गरेकी थिइन । यट्सलाई पूर्व राष्ट्रपति बाराक ओबामाले न्याय विभागमा नियुक्त गरेका हुन् । राष्ट्रपति ट्रम्पले सिनेटर जेफ सेसन्सलाई न्याय विभागको प्रमुखका लागि छानेका छन् । सिनेटले यसबारे बिहीबार मतदान गर्नेछ । यसैबीच राष्ट्रपति ट्रम्पले आफ्नो निर्देशनको बचाउ गरेका छन् ।

राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीले आफ्नो मन्त्रिपरिषद विस्तारमा अवरोध गरिहेको र यो पूर्ण रुपले राजनीतिक कारणले मात्रै गरिएको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: