४० हजार घुससहित लेखापाल कटुवाल पक्राउ

सुनसरी, माघ १८। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार घुससहित एकजनालाई पक्राउ गरेको छ । यातायात व्यवस्था कार्यालय कोशीका लेखापाल भूपेन्द्र कटुवाल सेवाग्राहीसँग ४० हजार घुस लिँदा लिँदै पक्राउ परेका हुन् ।

इटहरीमा रहेको कार्यालय नजिकैको चियापसलमा सेवाग्राही दिपक थापा र भूपेन्द्र कटुवालसँग चार पाङ्ग्रे गाडीको लाइसेन्स बनाइदिन्छु भन्दै २०–२० हजार रुपैयाँ लिँदै गरेका थिए ।

कमेन्ट गर्नुहोस्