लक्ष्मी र अजितको हत्यारालाई कारवाही प्रक्रिया अघि बढिसक्यो– ‘प्रधानमन्त्री’

काठमाडौँ, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारवाहीका लागि छानविन प्रक्रिया अघि बढेको जानकारी दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिन निर्देशन गरिएको बताए ।
सरकार दलित समुदायका समस्या समाधानप्रति कटिवद्ध भएर लागेको उनले बताए । प्रधानमन्त्रीले दलित आयोगलाई संबैधानिक मान्यता दिनसक्नु ठूलो उपलब्धी भएको बताए ।
उनले दलितहरुको विकास र संमृद्धिको पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पार्ने बताए ।

तिलक परिवारको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: