कुलमानले ८६ करोड माग्दै पत्र लेखेपछि झस्किए रुद्रसिंह तामाङ

काठमाडौं १७ माघ । सडक बत्ती बालेबापत काठमाण्डु महानगरपालिकाले विद्युत् प्राधिकरणलाई ८६ करोड रुपैयाँ पुरानो बक्यौता तिर्न बाँकी रहेको छ ।

यो रकम कहिलेदेखिको हो भनेर महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले फाइल पल्टाउन थालेका छन् । प्राधिकरणमा कुलमान घिसिङ आएपछि उनले महानगरपालिकामा बिल भुक्तानीका लागि पत्र पठाएपछि यो रहस्य खुलेको हो ।

सडक बत्ती बालेकै बिजुली बक्यौता ८६ करोड रुपैयाँको बिल महानगरपालिकामा पुगेपछि कार्मचारी आश्चर्यचकित परेका छन् अन्नपुर्ण पोष्टले लेखेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: