हरेक हप्ता बुवा बन्छन् यी व्यक्त्ति, ८ सय बच्चा जन्माइसके

एजेन्सी । संसारमा हरेक मानिसलाई जीवनमा एकपटक आमाबुवा बन्ने रहर हुन्छ । तर एकजना यस्ता व्यत्ति छन् जो हरेक हप्ता एकजना बच्चाको बुवा बन्छन् । हो, उनी अहिलेसम्म ८०० जना बच्चाको बुवा बनिसकेका छन् । सुन्दा अचम्म लाग्न सक्छ तपाईलाई तर यो साँचो हो ।

साइमन वाटसन नाम गरेका एक व्यक्ति विर्यदाता हुन् । उनले सामाजिक सञ्जालमा आफ्नो व्यपार फैलाएका छन् । उनी पछिल्लो १६ वर्षमा ८०० बच्चाको बुवा बनिसकेका छन् । उनको बच्चा स्पेनदेखि ताइवानसम्म जन्मिएका छन् ।

उनी यसमा आफुँलाई गर्व गर्छन् । उनको पहिलो विवाह टुटेको थियो । त्यसपछि विर्यदान व्यपार सुरु गरेको उनी बताउँछन् । उनले अर्को विहे गरे र दुइवटा बच्चा छन् ।

उनी यो कामले खुसी छन् । र आफ्नो परिवार र आमाबुवा पनि खुसी भएको बताउँछन् । सामाजिक सञ्जालमा उनले आफ्नो विर्य सस्तोमा बेच्छन् । तर त्यही विर्य कुनै मेडिकलमा किन्ने हो भने त्यसको मुल्य निकै महंगो पर्ने हुनाले वाटसनसंग मानिसले सिधै सम्पर्क गर्छन् । वाट्सन धेरै बच्चा जन्माएर विश्व रेकर्ड राख्न चाहन्छन् ।

उनी नियमित आफ्नो स्वास्थ्यको चेकजाँच गर्छन् । उनले आफ्नो स्वास्थ्य रिर्पोट नै अनलाईनमा पोष्ट गर्छन् । जसले उनी माथि विश्वास गर्ने धेरै छन् ।
तर यो काम राम्रो नभएको विष्लेषकहरु बताउँछन् । कहीले  काँही केही गल्ती भए परिस्थिति बिग्रन सक्ने उनीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: