विषालु ग्यासबाट ९ जना कामदारको मृत्यु

भारत, माघ १८ । भारतको महाराष्ट्रमा पर्ने लातुरमा विषालु ग्यासबाट ९ जना कामदारको मृत्यु भएको छ । मृतकहरुमा कुनै नेपाली रहे नरहेको खुलासा हुन सकेको छैन ।

लातुरको एक फ्याक्ट्रीमा सोमबार अबेर साँझ कीर्त आयल मिलको ट्यांकीको सफाई गर्दा कामदारहरु बेहोस भएका थिए ।

ट्यांकीमा कामदार बेहोस भएको देखेपछि अरु कामदार उनीहरुलाई हेर्नका लागि ट्यांकीभित्र पसेका थिए ।

तर उनीहरु समेत बाहिर निस्किन सकेनन् । उनीहरुको मृत्यु विषालु ग्यासका कारण भएको बताइएपनि प्रहरीले यसबारेमा छानविन अघि बढाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: