यी हुन डेबिट कार्डबाट भिख माग्ने संसारकै एक्लो भिखारी

न्यूयोर्क, एजेन्सी । भिखारी भन्ने बित्तिकै सडक छेउ या घरटोलमा मागेर हिँड्ने मानिसको प्रतिबिम्ब आँखा अगाडि आउँछ होला । तर संसारमा एकजना यस्ता भिखारी पनि छन् जसले क्रेडिट काडबाट भिख माग्ने गर्छन ।

अमेरिकाको डेट्रोइट निवासी ४२ वर्षीय हेगनस्टान विगत कैयन् वर्षदेखि यसरी भिख मागिरहेका छन् ।

कतिपय अवस्थामा मानिसहरुले “खुला पैसा छैन” भन्दै टार्ने गरेपछि यी भिखारीले क्रेडिट कार्ड मेसिनबाट भिख माग्न शुरु गरेको बताएका छन् । यदि कसैले खुला पैसा छैन भनेपछि यिनले तत्कालै कार्ड रिड गर्ने मेशिन देखाइहाल्छन् ।

डेट्रोइटले रेड लाइट बलेको बेला गाडीहरुमा भिख माग्ने छगर्दछन् ।

उनीसँग भएको मेसिनले भिजा, मास्टर अमेरिकन कार्ड एक्सेप्ट गर्दछ । यति मात्रै हैन, उनले लिंक्डइनमा आफ्नो प्रोफाइल पनि बनाएका छन् ।

भिख माग्दा उनीसँग एउटा बोर्ड सधैं सँगै हुन्छ । यो बोर्डमा लेखिएको हुन्छ– होटलको आवश्यकता छ, शेल्टर सबै भरिइसके ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: