कक्षाकोठामा लामो भाषण गर्दा सरस्वती क्याम्पसमा कुटिए एमाले निकट अखिलका नेता

काठमाडौं, माघ १२८ । सरस्वती बहुमुखी क्याम्पसमा अनेरास्ववियूका इकाइ अध्यक्ष कुटिएका छन् ।

‘राष्ट्रिय भावनालाई मजुवत बनाउने’ देशभरिका क्याम्सहरुमा राष्ट्रिय झण्डा फहराउने कार्यक्रम चलाउने क्रममा विवाद हुँदा गौतममाथि आक्रमण भएको अनेरास्ववियूले जनाएको छ ।  कुटपीटबाट गौतमको आँखामा चोट लागेको छ ।

याे पनि पढ्नुस  अखिल क्रान्तिकारीको विधान पारित, नेतृत्वका लागि आइतबार निर्वाचन

अनेरास्ववियूका सचिव सुदेश पराजुलीले आफ्नो संगठनका नेतालाई अखिल क्रान्तिकारीले कुटेको बताए । उनले भने “अखिलले राष्ट्रियताको पक्षमा अडान लिएको क्रान्तिकारीलाई पाच्य नहुदा अखिलका नेता कुटेका हुन ।’

क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम श्रेष्ठले भने आफ्नो संगठनको कुटपिटमा कुनै संलग्नता नरहको दाबी गरे । उनले भने “कक्षा कोठामा दुई मिने बोल्छु भनेर समय मागेका अखिलका साथीहरुले लामो भाषण गरेका कारण कक्षा डिस्ट्रब भयो भनेर कक्षामा रहेका साथिहरुसंग विवाद भएको हो ।’
अखिलले क्रान्तिकारीका नेताको नाममा प्रहरीमा जाहेरी दिने पराजुलीले बताए ।

कमेन्ट गर्नुहोस्